Flash News

टोपबहादुरसँग बयान लिन सुरू

१ जेष्ठ २०८०, सोमबार १३:४४

Photo: Mukund Kalikote 

काठमाडौँ। जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थप भएसँगै सरकारी वकिलको कार्यालयमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान गराइएको छ।

नक्कली भुटानी शरणार्थी प्ररकणमा आइतबार पक्राउ परेका रायमाझीलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो। आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको थियो। उनको बयान अझै पुरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ।

खाणको बयानपछि टोपबहादुरसँग बयान लिन थालिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। नक्क्ली भुटानी शरणार्थी प्रकरणमा आइतबार राजधानीको बूढानीलकण्ठबाट रायमाझी पक्राउ परेका थिए । यससँगै या प्रकरणमा १३ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्