Flash News

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै नेकपा (एस) हुम्लाले बुझायो ज्ञापनपत्र

३ जेष्ठ २०८०, बुधबार १५:४५

हुम्ला। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी, हुम्लाले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टी केन्द्रीय सचिवालयको हालै बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरू अघि सारेको थियो । सोही अनुसार नेकपा (एकीकृत समाजबादी) जिल्ला कमिटी, हुम्लाले पनि सरकारलाई बुधबार ज्ञापनपत्र पेश गरेको हो।

हुम्लाका पार्टी उप—सचिव प्रेमा लामाको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लालाई ज्ञापनपत्र बुझाएको हो। प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला प्रमुख अधिकारी जिल्लामा नरहेको अवस्थामा जिल्ला प्रशाशन कार्यालयका कर्मचारीलाई बुझाएको हो।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको विषेश सर्कुलर अनुसार सरकारलाई दवाव सिर्जना गर्ने उद्देश्यले देशभरका प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुसार हुम्ला जिल्ला प्रशाशन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको पार्टीका केन्द्रीय कमिटी सदस्य तथा हुम्ला जिल्ला सह ईन्चार्ज हस्त शाहीले हिमालय आवाजलाई जानकारी दिए।

ज्ञापन पत्रमा भनिएको छ, ‘अपराधीहरुको कुनै देश, जात, धर्म, लिङ्ग, भुगोल, वर्ग र सङ्गठन हुनु हुदैन भन्ने भावनाबाट प्रेरित भई सबै खाले अपराधीलाई कानुनी कठघरामा उभ्याई तिनीहरुको विरुद्ध विरोध प्रर्दशनी गर्न सबै पक्षलाई आहान गर्दछौँ। नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई बेचविखन गर्ने आपराधिक मानसिकता साथ केही गिरोहहरु सक्रिय भएको हुदाँ त्यस्ता गतिविधिमा सङलग्न देशद्रोही अपराधीहरुलाई उम्कन नदिई तिनका विरुद्ध कानुनी कारबाही गराउन जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गरिन्छ।’

यदि भष्ट्रामाथि साच्चै लगाम लगाउन सकिएन भने राज्यको कुनै अस्तित्व रहदैन र देश नै नष्ट हुने छ त्यसैले भ्रष्टाचारी विरुद्ध जस्तोसुकै परिस्थितिमा पनि राज्य नडक्मकाओस् भनि ध्यानाकर्षण गराउदछौं।’

प्रतिक्रिया दिनुहोस्