Flash News

पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ: मन्त्री भुसाल

५ जेष्ठ २०८०, शुक्रबार ०१:१९

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ।

विहीबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो,‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन्। अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ।’

खाद्य र पोषण शिक्षालाई पाठ्यक्रममा राख्ने बारे आफूले आफ्नो तहबाट छलफल अगाडि बढाएको समेत मन्त्री भुसालले बताउनुभयो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको लामो समय हुँदा समेत नियमावली बन्न नसकेको तितो यथार्थ सुनाउनुभयो। ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको धेरै भयो। नियमावली बल्ल बन्दै छ । बर्षौसम्म कानुन बन्न नसक्नु राम्रो होइन्, यसलाई अगाडी बढाउन जरुरी छ,’ मन्त्री भुसालले भन्नुभयो ।

साथै मन्त्री भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक चाडै पारित गर्नुुपर्नेमा जोड दिनुभयो। राष्ट्रियसभाबाट यो विधियेक स्वीकृत भइसकेको र प्रतिनिधिसभामा रोकिन पुगेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्