Flash News

यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा

७ जेष्ठ २०८०, आईतवार ०२:२०

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । राती  भने कोशी  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक  वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्