Flash News

आङटावाविरुद्ध चार जनाको जाहेरी

७ जेष्ठ २०८०, आईतवार १४:००

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आङटावा शेर्पाविरुद्ध चार जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

]नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६/६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाणडको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिएलगत्तै उनी फरार भएका थिए । पछि प्रहरीमा आत्मसमर्पण गरेका शेर्पाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।  काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उजुरी उपर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्