काठमाडौँ। आँखाका प्रख्यात डा. सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाएकोप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।
संघका अध्यक्ष दुजाङ शेर्पाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई भेटेर विषयमा ध्यानाकर्षण गराएका हुन्
‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा.सन्दुक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको विषयमा महानिर्देशकसँग कुरा गरें,’ शेर्पाले भने ।
रुइतको जीवनी कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको महानिर्देशक अर्यालले जानकारी दिएको शेर्पाले बताए ।
कक्षा ११ र १२ तथा अन्य तहको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने विषयमा छलफल भइरहको महानिर्देशकाले जानकारी गराएको शेर्पाले बताए । संघले गत चैतमा नैतिक शिक्षा लगायत जीवन उपयोगी पाठ्यक्रम समावेश गर्न केन्द्रलाई ज्ञापनपत्र बुझाएको थियो ।