Flash News

कीर्तिमानी आरोही हरिलाई प्रधानमन्त्रीले दिए बधाई

९ जेष्ठ २०८०, मंगलवार १४:०७

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् ।

यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।

 

तस्बिर: प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्