Flash News

भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

१० जेष्ठ २०८०, बुधबार १२:२६

काठमाडौँ। भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौंकाठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना

प्रतिक्रिया दिनुहोस्