Flash News

रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली

११ जेष्ठ २०८०, बिहीबार १५:३५

काठमाडौँ। नेपालस्थित चिनियाँ दूतावासको एक टोली  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ।

बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो। सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।

छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए।

भेटपछि रातोपाटीसँगै कुरा गर्दै अर्यालले नेपाल–चीनबीच सम्बन्धलाई अझ बलियो कसरी बनाउन सकिन्छ र दुई देश बीचका जनता–जनताबीचको सम्बन्धलाई अझै  कसरी विस्तार गर्न सकिन्छ भन्नेलगायतका विषयमा कुराकानी भएको बताए। उनले भने, ‘उहाँहरुको खास चासो हाम्रो पार्टीको विषयमा थियो, पार्टीले कसरी काम गरिरहेको छ। भ्रष्टाचार तथा सुशासनको क्षेत्रमा कसरी अगाडि बढेको छ भन्नेबारेमा उहाँहरुको चासो थियो।’

 

प्रतिक्रिया दिनुहोस्