Flash News

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

१३ जेष्ठ २०८०, शनिबार ०१:५४

काठमाडौँ। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ। शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो। नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ।

प्रतिक्रिया दिनुहोस्