Flash News

राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी

१७ जेष्ठ २०८०, बुधबार ०५:१३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिए ।

भेटमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणका लागि आज दिउँसो १ बजे नयाँदिल्ली प्रस्थान गर्दैछन् । उनी जेठ २० गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्