Flash News

भ्रष्टाचार मुद्दामा चुडामणी शर्मा दोषी ठहर

१९ जेष्ठ २०८०, शुक्रबार ०२:३५

काठमाडौँ। बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

शुक्रबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। यद्यपि जेठ २५ गतेमात्र सजाय निर्धारणका लागि छलफल हुने भएको छ। एक करोडभन्दा बढी बिगो भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ। सोही अनुसार शर्मालाई कम्तीमा ८ वर्ष सजाय हुनसक्ने देखिएको छ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा भने शर्माले सफाइ पाएका छन्। गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीसहित उनकी पत्नीलाई पनि विपक्षी बनाइ मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्