बजार प्रेस

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

२२ माघ २०७९, आईतवार ०६:१४

काठमाडौँ। बिपिडब्लु लघुवित्तले आज ‘आइतबार’ देखि आईपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन पाउनेछन। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा फागुन ८ गतेसम्म मा आवेदन दिन सक्नेछन् भने यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ।

सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ। यसमा फागुन २३ गतेसम्ममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्