Flash News

‘अवसरवादीहरु परिस्थितिको दास बन्दै रङ्ग बदल्छन्’

२९ जेष्ठ २०८०, सोमबार १४:१८

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताएका छन्।

विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका हुन्।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिउँदो माछा पानीको धार छाल विरुद्ध पौडिन्छ१ मरेको माछा धार छालसँगै बग्छ। परिवर्तनकारी अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारीरकट्टरपन्थी धाररछाल विरुद्ध उभिन्छन्,लड्छन्स समाजलाई अग्रगामी बाटो देखाउँछन्। युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ१ विवेकको प्रयोग गरौँस आ–आफ्नो कित्ता रोजौँ।’

प्रतिक्रिया दिनुहोस्