Flash News

कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

३२ जेष्ठ २०८०, बिहीबार १३:३३

काठमाडौँ। अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।  यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले जानकारी दिए ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ।

पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो ।   प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्