Flash News

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

१ असार २०८०, शुक्रबार १४:२७

काठमाडौँ। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो।

फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ।

रायमाझीको पद निलम्बनमा परेपनि उनको पद भने गएको छैन। अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ।

प्रतिनिधिसभाको कार्यकाल एक वर्ष वा सो भन्दा बढी बाँकी रहँदै अदालतको आदेश आएर उनी दोषी ठहर भएमा भने अर्घाखाँचीमा उपचुनाव हुनेछ। अदालतबाट उनले सफाइ पाएको अवस्थामा भने उनको निलम्बन फुकुवा हुनेछ र उनी सांसदका रूपमा काम गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्