Flash News

कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्: अध्यक्ष ओली

२ असार २०८०, शनिबार ०९:२९

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे ।

उनले भने–‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो । उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ  भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्