Flash News

समाजवादी मोर्चा घोषणा आज

४ असार २०८०, सोमबार ०१:३९

काठमाडौँ। नेकपा माओवादी केन्द्रसहित चार दल मिलेर बन्ने समाजवादी मोर्चा आज (सोमबार) घोषणा हुने भएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो ।

दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रममार्फत समाजवादी मोर्चाको औपचारिक घोषणा गर्ने दलहरुले तयारी गरेका छन् । उक्त घोषणा कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्तालाई चारै दलले सहभागी हुन आह्वान गरेका छन् ।

आइतबार बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा र विप्लव नेतृत्वको नेकपाबीचको बैठकले आज घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।

दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्