Flash News

राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

५ असार २०८०, मंगलवार ११:०४

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो।

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्।

पोखरेलका अनुसार मुटुको शल्यक्रिया गरेर राष्ट्रपति पौडेललाई पेसमेकर राखिएको छ। पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेसमेकर राखेका हुन्। गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए। बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।

मुटुकै समस्याका कारण राष्ट्रपति पौडेललाई उपचारका लागि भारतमा लगिएको थियो। तर, उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन। शल्यक्रिया पछिको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी गराउने पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्