Flash News

जसपाको विधान अधिवेशन आजदेखि सुरु

१० असार २०८०, आईतवार ०१:५१

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेसन आजबाट सुरू हुँदैछ। आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो।

उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो। जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ। संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन्।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ। ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ। पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्