Flash News

नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छ: सांसद खड्का

२६ असार २०८०, मंगलवार ०२:३७

काठमाडौँ। नेपाली कांग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन्।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताए।

सांसद खड्काले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको बताए। उनले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताए।

उनले नेपालमा युरोप र अमरिकाको चासो बढिरहेको बताए। सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरुसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्