Flash News

प्रधानमन्त्री प्रचण्डद्वारा प्रष्टीकरण (पूर्णपाठ)

२६ असार २०८०, मंगलवार ०२:४०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादित अभिव्यक्तिका विषयमा संसदमा प्रष्टीकरण दिएका छन् । सरदार प्रितम सिंहको पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्तिको विषयमा सोमवार संसदमा प्रचण्डले स्पष्टीकरण दिएका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको प्रष्टीकरण:

२०६८/०६९ सालको कुरा हो । मेरो जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट पीडित भएर जीवन मरणको संघर्षमा थिइन् । उपचारको क्रममा नेपालबाटै दिल्लीको एउटा हस्पिटलमा रिर्फर गरियो । त्यसपछि दिल्ली जाने स्थिति आइलागेको थियो । यद्यपी उनको उपचारका निम्ती अनेक कोशिश भएका थिए। २०६८/०६९ सालमा जतिेबला उनको अन्तिम अवस्था थियो, त्यसबेला मेरो छोराले (जो अहिले अवसान भइसकेको) दिदीलाई लिएर दिल्ली जाँदा बस्ने व्यवस्था अन्यत्र गरिएको थियो । तर, सरदार प्रितम सिंह, जसको पुस्तक विमोचनको सन्दर्भमा यो कुरा आएको छ ।

उनीसँग एक खालको सम्बन्ध काठमाडौंमै बनेको थियो । त्यो सम्बन्ध विस्तारै पारिवारिक जस्तै बन्दै गएको थियो । छोरीको उपचारको क्रममा प्रितम सिंहले नै मेरो दिल्लीमा आफ्नै फ्ल्याट छ, छोरीको उपचार त्यहीँ गरे हुन्छ भने । अरु स्याहारसम्भार गर्न सजिलो हुन्छ भन्ने भएपछि प्रकाश दाहालले भनेकाले त्यहाँ जाने कुरा भयो । त्यसमा मेरो त्यहाँ जानुपर्छ भन्ने थिएन । प्रकाशको प्रितम सिंहको आफन्तसँग बढो घनिष्ट मित्रता भएको थियो । जसको नाम अंगत हो ।

सायद तपाइँहरुलाई थाहा होला । त्यो मित्रताका कारणले प्रकाशले त्यहीँ घरको फ्ल्याटमा ज्ञानुलाई लग्यो ।  त्यहाँ लगेपछि छोरीको स्वास्थ्य बुझ्ने डाक्टरहरुसँग कुरा भयो । उनको अन्तिम हुँदैछ भन्ने थाहा थियो । यो त्यसबेला म भेट्न गएको बेलाको कुरा हो । यो कुरा न हिजो हो न अस्तिको हो ? यो २०६८/०६९ सालको कुरा हो । म  दिल्ली जाँदा सरदार प्रितम सिंह सहित परिवारका थुप्रै सदस्यहरु त्यहीँ फ्ल्याटमा हुनुहुन्थ्यो । परिस्थिति भावनात्मक र इमोस्नल थियो । छोरीको अन्तिम अन्तिम अवस्था, हामी सबैलाई त्यो घटना कति दर्दनाक थियो भन्ने सबैले महशुस गरेकै कुरा हो । त्यो बेला सरदार प्रितम सिंहले नेपालको प्रधानमन्त्री तपाइँ नै हुनुपर्छ भनेर प्रसंग उठाउनुभयो ।

उहाँले भन्दैमा म प्रधानमन्त्री हुनेवाला थिइन । मैले उहाँले प्रधानमन्त्री बनाइदिए हुन्थ्यो भनेको पनि थिइनँ । उहाँले भावनामा आएर यो परिवर्तन ल्याउने मुख्य तपाइँ हो, प्रधानमन्त्री हुँदा राम्रो हुन्छ, मैले दिल्लीमा कुरा गर्ने गरेको छु  भन्नुभो  नेपालमा हुँदा पार्टीहरुसँग कुरा गर्ने गरेको छु तपाइँलाई प्रधानमन्त्री बनाउन भनेर भन्नुभयो । मैले शुभेच्छाका लागि धन्यवाद भने । अहिले त्यो स्थिति छैन भन्दिए ।  हुन पनि त्यो स्थिति थिएन ।

हामी सबैलाई थाहा छ । प्रितम सिंह कुनै शक्ति केन्द्र होइन । उनी प्रधानमन्त्री बनाउने र हटाउने सामरथ्य राख्ने व्यक्ति पनि होइनन् ।  उनले हिजो अस्ति मेरो नेता वा प्रधानमन्त्रीको हैसियत छैन पनि भनिसके । उनीसँग मेरो बिरामी छोरीलाई आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्रै हो । मेरो सवल पक्ष भने पनि वा कमजोरी भनेपनि सार्वजनिक र निजी कार्यक्रमहरुमा फरक रुपमा प्रस्तुत हुनु हो । सायद यो मेरो कमजोरी हो ।

सायद यसमा मेरो सवल पक्ष अन्तरनिहित छ कि? निजी अभिव्यक्ति पनि सार्वजनिक रुपमा मनदेखि नै बोल्छु । प्रधानमन्त्रीले मनले भन्दा दिमागले बढी बोल्नुपर्ने हो । यो बोल्नुपर्छ भन्नेमा सैद्धान्तिक ज्ञान नभएको होइन।

मान्छेको स्वत्तो, जीन, प्रवृत्ति र विशेषता जो अलग अलग बनेको हुन्छ । त्यसैले हामी फरक छौं । सबैका आफ्ना स्वत्तो छन्, त्यसभित्र मेरो पनि पर्छ । म दिमाग र मन दुबैले बोल्छु । कहिले मन अगाडि हुन्छ, कहिले दिमाग अगाडि हुन्छ । दिमाग अगाडि हावी भएको बेला विज्ञान हावी भएको हुन्छ । मन हावी भएको बेला आवेग वा भावना हामी भइराखेको हुन्छ । यो कुरा सैद्धान्तिक रुपमा ज्ञान नभएको होइन ।

मलाई यो विषयमा आफ्नै पार्टी नेता र अरु पार्टीका नेता साथीहरुले पनि सुझाव नदिएको होइन। यो ६९ /७० वर्षमा बदल्ने भन्ने कुरा फलामको चिउरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्दै जाँदा आइहाल्छ । मैले यहि तथ्य संसदमा राख्नु बाहेक अरु केही छैन ।

प्रतिक्रिया दिनुहोस्