Flash News

सीता दाहालको अन्तिम बिदाइ (फोटोसहित)

२७ असार २०८०, बुधबार १४:४७

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ।

बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम बिदाइ गरिएको हो। दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा उनका श्रीमान् प्रचण्डले दागबत्ती दिए।

सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो। अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो।

 

तस्बिरः प्रदिपराज वन्त/मुकुन्द कालिकोटे

प्रतिक्रिया दिनुहोस्