Flash News

‘सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु’

२२ माघ २०७९, आईतवार ११:४६

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए।

‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो। अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु।’

रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताए। उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। बिहान उहाँसँग (रवि लामिछानेसँग्र) भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं।’

प्रतिक्रिया दिनुहोस्