Flash News

सीता दाहालको योगदानलाई इतिहासले उच्च मूल्याङ्कन गर्नेछ: समाजवादी मोर्चा

२७ असार २०८०, बुधबार १५:३९

काठमाडौँ। समाजवादी मोर्चा नेपालले सीता दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्ने जिकिर गरेको छ। दाहालको निधनप्रति समवेदना व्यक्त गर्दै मोर्चाले उनलाई  नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धाको रूपमा स्मरण गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार परिषद्का सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो। मोर्चाले दाहालप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।  ‘उहाँ सधैँ कर्तव्यनिष्ठ र वर्ग पक्षधर रहनुभयो। राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलित रूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो, मोर्चाले भनेको छ,‘उहाँले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पुर्‍याउनुभयो।’

मोर्चाले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

s

प्रतिक्रिया दिनुहोस्