Flash News

हुम्लामा प्रहरीद्वारा स्टीकर टाँस अभियान तीव्र

३१ असार २०८०, आईतवार ०६:३४

हुम्ला। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ अन्तर्गत घरघरमा स्टिकर टाँस अभियानलाई तीव्र पारेको छ।

घरपरिवारको सिँधा पहुच पुर्‍याउने उद्देश्यले हुम्ला प्रहरी कार्यालयको आयोजना र सिमकोट गाउँपालिकाका घरमा स्टीकर टाँस अभियानको सुरुवात गरिएको छ।

आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आतित्थ्यतामा उक्त अभियानको सुरुवात गरिएको हो।

कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी¸ गापा उपाध्यक्ष सुशिला रोकाया¸प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल¸ जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई तथा अन्य सुरक्षा निकायका प्रमुख¸ सिमकोट गाउँपालिकाका कार्यकारी अधिकृत¸ जनप्रतिनिधि¸संचारकर्मी¸ पत्रकार¸ सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि¸स्थानीय बुद्धिजिवी¸ समाजसेवी¸ भद्रभलादमी¸ सर्वसाधारण¸प्रहरी कर्मचारी तथा उपस्थित आम नागरिकहरुसहित ६०/७० जनाको सहभागिता रहेको थियो।

हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ काठेचुली चौकस्थित घरमुली पदम ब।रावत¸तिर्थराज रोकाय¸गोबिन्द्र बोहरा र सुवाश रोकायको घरबाट नेपाल प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँसको सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। साथै प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख¸ सिमकोट गापाका अध्यक्ष¸प्रमुख जिल्ला अधिकारीले मन्तव्य राखेका थिए। सोही क्रममा प्रनाउ भीमलाल भट्टराईले कार्यविधि प्रस्तुत गरेका थ्एि।

प्रतिक्रिया दिनुहोस्