Flash News

भारतीय दुतावासद्वारा हिमा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

३१ असार २०८०, आईतवार ०७:१०

काठमाडौँ। नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासले हिमा गाउँपालिका जुम्लालाई एक थान एम्बुलेन्स प्रदान गरेको छ।

आइतबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोक राई र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको उपस्थितिमा १ थान एम्बुलेन्स हस्तान्तरण गरिएको हो। उक्त अवसरमा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले सम्बद्धलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘निरन्तरको प्रयासबाट आज नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय राजदुतावासले हिमा गाउँपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ। धेरैधेरै धन्यवाद राजदुतावासलगाएत सहयोगी सबैलाई।’

प्रतिक्रिया दिनुहोस्