Flash News

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

२३ माघ २०७९, सोमबार ०२:४०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्।

नेताहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल राजनीतिक छलफल गरेका उनको सचिवालयले जनाएको छ।सचिवालयलका अनुसार माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको छ। सो क्रममा तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ।

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको दाबी गरिएको छ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाईका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्