राजनीनिती

मुगुमा करोडौं मूल्य पर्ने काठ यसै कुहिँदै, वन कार्यालय बेखबर !

२९ आश्विन २०८०, सोमबार ०५:४६
मुगु । करोडौं रुपैयाँ पर्ने काठ हिमाली जिल्ला मुगुमा कुहिने अवस्थामा पुगेको छ । २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुँदा सडेर कुहिने अवस्थामा पुगेका हुन् । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलिमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २६ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको हो ।मुगुमा विस २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका करोडौं रुपैयाँ बराबरका काठ कुहिने अवस्थामा पुगेका छन् । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलिमा रहेको चंखेली सामुदायिक वन क्षेत्रमा सडक निर्माणका क्रममा काटिएका सल्लो, बाज, धुपी लगायतका रुखहरु कुहिने अवस्थामा पुगेका हुन् । सडक निर्माण गर्ने क्रममा -याप थ्री नामक संस्थाले सामुदायिक वनको रुख काटेर थुप्रो लगाएर राखेको थियो । सो काठ स्थानीयले उपभोग वा वन ऐन अनुसार बिक्री गर्न नदिँदा सराकारले करोडौं रुपैयाँ राजश्व समेत गुमाएको छ ।

२०७६ सालमा सडक निर्माण गर्ने बेला कटानी गरिएका रुखका काठ ग्रामीण पहुँच कार्याक्रम तेस्रोले सामुदाय वन र डिभिजन बन कार्यालयलाई हस्तान्तरण गरेको थियो । डिभिजन वन कार्यालयले काठको विषयमा कुनै पनि आदेश नदिँदा करोडौं मूल्यको काठ व्यवारिसे बनेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

ग्रामीण पहुँच कार्याक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा २६ सय क्याफुट काठ रहेको देखिएको छ । पछिल्लो समयमा सामुदाय वनको वार्षिक नविकरण र कार्ययोजना नहुँदा काठ नष्ट गर्न समय लागेको र अबको केही दिनमा काठ व्यवस्थापन गर्ने डिभिजन वन कार्यालय मुगुले जनाएको छ ।

यसरी करोडौं रुपैयाँ बराबरका काठ यसै कुहिने अवस्थामा पुग्दा यसले राज्यकोषलाई नै घाटा पुगेको छ । जिम्मेवार निकाय डिभिजन वन कार्यालयले नै यस किसिमको लापरवाही गर्दा जवाफदेही को बन्ने ? मुगुमा मात्रै होइन यस किसिमको समस्या मुलुकभर छ । वन व्यवस्थापनका सम्बन्धमा डिभिजन वन कार्यालयको यस्तो लापरवाही तत्काल अन्त्य हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्