राजनीनिती

संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित !

२९ आश्विन २०८०, सोमबार १०:०३

काठमाडौं, २९ असोज । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि मंगलबार (भोलि) १ बजेर १ मिनेटका लागि बैठक डाकिएकोमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विविध कारणले गर्दा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

‘३० असोज मंगलबार अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रियसभा बैठक कारणवश तोकीएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरंको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा छ ।

यसअघि संघीय संसद्कै अर्को सदन प्रतिनिधि सभाको बैठक पनि कार्तिक १२ गतेसम्म स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्