राजनीनिती

कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देखाइयो कालोझण्डा !

२९ आश्विन २०८०, सोमबार १०:२७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ।

सोमबार दिउँसो कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन्।

प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए।

प्रतिक्रिया दिनुहोस्