बजार प्रेस

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

३० आश्विन २०८०, मंगलवार ०६:०४

काठमाडौं, असोज ३० । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्