Flash News

शिक्षा र श्रम मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्ने

२३ माघ २०७९, सोमबार १५:०९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् ।

रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए।त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने भएका हुन्।

उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी हुन् ।

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ । दाहाल नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएको रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्