राजनीनिती

एकै घरका चार जनाको निर्मम हत्या ! श्रीमान् विदेशमा, श्रीमती र ३ छोराछोरीको घरभित्रै रहस्यमय हत्या !

१० कार्तिक २०८०, शुक्रबार ०९:५४

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका– ४ मन्दु गाउँमा एकै घरका चार जनाको निर्मम हत्या भएको छ । हत्या हुनेमा २६ वर्षिया श्रीदेवी बोहरा, उनका दुई छोराहरू ११ वर्षिया मनोज बोहरा र १ वर्षिय रहर बोहरा तथा एक ७ वर्षिया छोरी अप्सरा बोहरा रहेका छन् ।

मृतक श्रीदेवी बोहराका श्रीमान दिपक बोहरा हाल रोजगारीका लागि कतारमा रहेको आफन्तले बताए । उक्त हत्या भने कार्तिक ८ गते राति नै भएको हुन सक्ने बताइएको छ ।

चारै जनाको हत्या गरी लास घरभित्रै रहेको तथा घरको बाहिर ताला लगाएकोले हुनाले गाउँका मानिसले शंका समेत गर्न सकेनन् । १० गते बिहान मात्र खोजीनीति गर्दा दशैँ मानेर ८ गते नै माइती घरदेखि आएको जनाएपछि मात्र घरको ताला फुटाएर हेर्दा हत्या गरिएको अवस्थामा घरभित्रै लास देखेको स्थानीयले बताए ।

अहिले उक्त घटनामा चार जनाको हत्या कसरी र कसले गर्‍यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यलय मुगुले घटनास्थलमै पुगी अनुसन्धान गरिहरेको छ । हत्यामा धारिलो हतियार प्रयोग गरिएको जिल्ला प्रहरी प्रमुख विरेन्द्र थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्