राजनीनिती

मुगु हत्याकाण्ड : सामूहिक हत्या भएको चार दिनपछि शंकास्पद एकजना प्रकाउ, थप अनुसन्धान जारी !

१३ कार्तिक २०८०, सोमबार ०६:२१

मुगु । यहाँस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पद ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको थियो । आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका थिए । प्रनाउ थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई हामीले नियन्त्रणमा लिएको साँचो हो । यकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’

बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रनाउ विरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन् ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो । यो टोलीले शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो

प्रतिक्रिया दिनुहोस्