राजनीनिती

यूएईले दियो नेपाललाई १३५ रनको विजयी लक्ष्य !

१७ कार्तिक २०८०, शुक्रबार ०७:२६

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको यूएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो । उसका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। ५१ बलमा सामना गरेका उनले ८ चौका र २ छक्का हिर्काएका थिए । त्यस्तै मोहम्मद वसिम (कप्तान) ले २६ रन थपेको खेलमा अलीशान शराफूले १६ र आसिफ खानले १३ रन थपे ।

बलिङतर्फ नेपालका कुशल मल्लले उत्कृष्ट प्रर्शन गरे । ३ ओभर बलिङ गरेका उनले ११ रन दिएर ३ विकेट लिए । भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

नेपालले आजको खेलमा यूएईलाई हराउन सकेमा अर्को वर्ष हुने टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्