राजनीनिती

बागलुङमा ट्याक्सी दुर्घटना २ जनाको मृत्यु !

२१ कार्तिक २०८०, मंगलवार ०५:२३

बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराती १० बजे मध्ये पहाडी लोकमार्ग अन्तरगत ढोरपाटन – २ मा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका – २ का २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ का ३२ बर्षिय अस्विन परियार रहेको प्रहरीले जनाएको छ ।

पुन ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् ।

ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको र सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्