राजनीनिती

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइँदै, विराटनगरमा यस्तो छ तयारी !

३ मंसिर २०८०, आईतवार ०९:१८

विराटनगर । सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरु छठ पुजाको लागि सिंगारिएका छन । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

अहिले जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजनहरु जाने क्रम सुरु भएको छ । पूजा सामग्रीहरुले किनार भरिएका छन भने छठ घाट सफासुघ्घर गरी विशेषरूपमा सजाइएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् र साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्