Flash News

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ

१३ मंसिर २०८०, बुधबार ०९:१८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रिय समितिमा नरहेका सबै सांसदहरुलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो।

रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराज भक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए।

यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा नाम मुछिएकाले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्