राजनीनिती

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते !

१ पुष २०८०, आईतवार ०६:२५

पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ।

आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ।

रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्