राजनीनिती

बुद्ध एयरको आपतकालीन ढोका खोल्ने भीम परियार प्रहरीले नियन्त्रणमा !

५ पुष २०८०, बिहीबार ०६:४१

काठमाडौं, ५ पुस । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने यात्रु भीम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बिहीबार) विहान करिब ९ बजेतिर सबै यात्रुलाई जहाजमा चढाइ ढोका बन्द गरेर उड्ने तयारीमा रहेको विमानको आपतकालीन ढोका खोलिएको थियो । यात्रुले अचानक आपतकालीन ढोका खोलिदिएपछि उक्त विमानको उडानसमेत रद्ध गरिएको थियो ।

जहाजको आपतकालीन ढोका भएको सिट (१–सी–डी) सिटमा बसेका परियारले ढोका खोलेको बताइएको छ । अब उक्त जहाज इन्जिनियरले परीक्षण गरेर उडानका लागि ठीक छ भनेपछि मात्रै उडान भर्ने एयरलाइन्सले जनाएको छ । उक्त जहाजको उडान रद्ध गरेर करिब एक घण्टापछि यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्