Flash News

कांग्रेस मधेस प्रदेशको बन्दसत्र सुरू

६ पुष २०८०, शुक्रबार ०३:३५

जनकपुर, ६ पुस। नेपाली कांग्रेसको मधेस प्रदेशको बन्द सत्र सुरू भएको छ । जनकपुरमा हिजो उदघाटन भएको प्रदेश अधिवेसनको आजबाट बन्द सत्र सुरू भएको हो ।

प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरिरहेका छन ।

जारी बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्