Flash News

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

११ पुष २०८०, बुधबार ०५:०५

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ। बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिनेछ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल गर्ने पार्टीको तयारी छ। साथै विधान संशोधन प्रस्ताव उपर पनि बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्