Flash News

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

११ पुष २०८०, बुधबार १०:४७

काठमाडौं, ११ पुस ।  आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ । ्

विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ११ औं दिन पनि काठमाडौं त्रिपुरेश्वर स्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।

आन्दोलनमा सहभागि आजपा उपाध्यक्ष तिलक थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए । ‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खुलेआम लुट हो किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुगछन । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ’ उपाध्यक्ष थापाले भने ।

यसअघि आन्दोलनमा सहभागिहरुले ‘चोर मन्त्री कुर्सी छोड’ जस्ता कडा नारा लगाउदै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै अर्थमन्त्री प्रकाशशरण महतको राजिनामा समेत माग गरेका छन् ।

आजपाको आहवानमा शुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनवाई नगरेकोले आन्दोलनकारीहरु ‘चोर मन्त्री कुर्सी छोड़, राजस्व लुटन पाईदैन, भन्सार तिम्रो बैटैया हैन, हाम्रो माग पुरा गर’ जस्ता नारा आन्दोलनकारीले लगाएका छन् ।

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताईन् ।   आफूहरुको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले मा

प्रतिक्रिया दिनुहोस्