Flash News

नेकपा एसको केन्द्रिय समितिको बैठक आज पनि

१२ पुष २०८०, बिहीबार ०२:१३

काठमाडौं, १२ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।

हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा १५ जनाले बिद्यान संसोधनका बारेमा आ आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।

आजको बैठक बिहान ११ः०० बजे देखी सुरु हुनेछ ।  हिजोको बैठकमा केन्द्रिय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त,  लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले आ आफनो धारणा राखिसकेका छन ।

बिद्यान माथी ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिद्यान माथी टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाईएको छ ।

आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्