Flash News

सिभिल बैंकका कर्मचारीले गरे पेन डाउन

२५ माघ २०७९, बुधबार ०६:३६

काठमाडौं। हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन्।

सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताए। कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए।

हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो। तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ। अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ।

सिभिल बैंकका अर्का एक उच्च तहका कर्मचारीले हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा पिता हिमालय शमशेरको निधनको शोकमा रहेकाले कर्मचारीको असन्तुष्टिको विषयमा छलफल गर्न समस्या भएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्