Flash News

राप्रपा अध्यक्ष लिङदेन स्वदेश फर्किए

१३ पुष २०८०, शुक्रबार ०३:३३

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेदश फर्केका छन्  ।

साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङदेन स्वदेश फर्किएका हुन ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्दारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए, गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्