राजनीनिती

तीनवटा संसदीय समिति बैठक बस्दै, संस्कृति मन्त्री किराँती पनि उपस्थित हुने

१३ पुष २०८०, शुक्रबार ०५:०२

काठमाडौं, १३ पुस । संघीय संसद सुचारु नभए पनि सो अन्र्तगतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन ।

‘मिनि संसद’ मानिएका संसदीय समितिहरु मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्योजन समिति गरी तीन समितिकाे बैठक बस्न लागेका हुन् ।  आज बिहानः ११ः३० बजे बोलाईएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बोलाईएको छ ।

सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल गर्नका लागि सो समितिको बैठक दिउँसो २ बजे बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्