Flash News

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा युवालाई ४० प्रतिशत आरक्षण

१३ पुष २०८०, शुक्रबार ०५:२४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरूका लागि ४० प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गर्ने भएको छ । राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो ।
विधानका व्यवस्थामाथि छलफल गर्न बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीमा युवाहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् भने प्रस्तावित विधानको पार्टीमा ४० प्रतिशत युवालाई सामेल गराउने व्यवस्थामा समर्थन गरेका छन् ।

तेश्रो दिन शुक्रबार पनि केन्द्रीय कमिटी बैठक बस्दैछ । विहान ११ बजेबाट बस्ने बैठकमा विधानका मुलतः चार वटा विषयहरूमा छलफल हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार संगठन संरचना, महाधिवेशनका प्रतिनिधि, समावेशिता र युवा सहभागिताका विषयमा विधानका व्यवस्थाहरूबारे बैठकमा छलफल भइरहेको छ । बुधबारको बैठकमा करिब २० जना नेताहरूले धारणा राखेकोमा बिहीबार करिब ८० जना नेताहरूले धारणा राखेका थिए । बाँकी नेताहरूले शुक्रबार धारणा राखेपछि बैठक सम्पन्न गर्ने तयारी छ । ‘विधानका व्यवस्थाहरूमाथि विभिन्न सुझावहरू आएका छन् । ती सुझावहरूलाई बैठकका लागि गठन भएको कार्यदलले समावेश गरेर प्रतिवेदन तयार गर्छ, त्यसका आधारमा विधानमा थपघट गरिनेछ,’ ती नेताले भने, ‘विधान आगामी केन्द्रीय परिषद् बैठकबाट पारित भएपछि लागू हुनेछ ।’

एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते केन्द्रीय परिषद् बैठक बोलाएको छ ।

केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीमा उमेर हदको व्यवस्था नराख्न सुझाव दिएका छन् भने संगठन संरचनातर्फ सचिवालयको व्यवस्था हटाएर स्थायी कमिटीलाई सक्रिय बनाउन माग गरेका छन् । ‘उमेरले मान्छेको सक्रियतालाई रोक्न सक्दैन । सबैको एकैनाश हुन्छ भन्ने पनि हुदैन,’ ती नेताले भने, ‘त्यसकारण उमेर हदको व्यवस्था नगरौँ । सक्रियता र नेतृत्व क्षमताका आधारमा पार्टीले नेतृत्व चयन गर्ने कुरा नै व्यवहारिक हुन्छ भन्ने सुझावहरू आएका छन् ।’ केन्द्रीय कमिटी भने २५१ देखि ३०० सम्मको बनाउनुपर्ने धेरै सदस्यहरूको सुझाव छ । ‘धेरै ठूलो बनाए पनि त्यो भद्धा हुन्छ, त्यसकारण बढीमा २५१ देखि ३०० सम्मको मात्रै बनाऔँ भन्ने सुझावहरू आएका छन्,’ ती नेताले थपे ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा युवालाई ४० प्रतिशत आरक्षण

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरूका लागि ४० प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गर्ने भएको छ । राजनीतिमा युवालाई आकर्षित गर्न र पार्टी संगठनलाई मजबुद बनाउन एकीकृत समाजवादीले विधानमा तोकेरै पार्टी संगठनमा ४० प्रतिशत युवाहरूलाई सामेल गराउने व्यवस्था गर्न लागेको हो । विधानका व्यवस्थामाथि छलफल गर्न बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीमा युवाहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् भने प्रस्तावित विधानको पार्टीमा ४० प्रतिशत युवालाई सामेल गराउने व्यवस्थामा समर्थन गरेका छन् ।
तेश्रो दिन शुक्रबार पनि केन्द्रीय कमिटी बैठक बस्दैछ । विहान ११ बजेबाट बस्ने बैठकमा विधानका मुलतः चार वटा विषयहरूमा छलफल हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार संगठन संरचना, महाधिवेशनका प्रतिनिधि, समावेशिता र युवा सहभागिताका विषयमा विधानका व्यवस्थाहरूबारे बैठकमा छलफल भइरहेको छ । बुधबारको बैठकमा करिब २० जना नेताहरूले धारणा राखेकोमा बिहीबार करिब ८० जना नेताहरूले धारणा राखेका थिए । बाँकी नेताहरूले शुक्रबार धारणा राखेपछि बैठक सम्पन्न गर्ने तयारी छ । ‘विधानका व्यवस्थाहरूमाथि विभिन्न सुझावहरू आएका छन् । ती सुझावहरूलाई बैठकका लागि गठन भएको कार्यदलले समावेश गरेर प्रतिवेदन तयार गर्छ, त्यसका आधारमा विधानमा थपघट गरिनेछ,’ ती नेताले भने, ‘विधान आगामी केन्द्रीय परिषद् बैठकबाट पारित भएपछि लागू हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्