Flash News

१३ पुष २०८०, शुक्रबार ०८:३७

मन्त्री ज्वालाको गाडीमा आगजनी
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले एक जना मन्त्रीको गाडीमा आगजनी गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

‘ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनि गरेका छन् । प्रहरी टोली पनि त्यहाँ पुगेको छ । थप विवरण आउन बाँकी छ’ उनले भने ।
अहिले कोटेश्वर–बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्